महालक्ष्मी नगरपालिका वडा नं. ७, चाङ्गाथली, ललितपुरको आयोजनामा कोविदा स्कुलको परिसरमा सम्पन्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम का केही झलकहरू।
विभिन्न विद्यालयबाट सहभागी भएका विद्यार्थीहरूले आत्मविश्वास, विचारको स्पष्टता र अभिव्यक्तिको कलालाई प्रभावशाली रूपमा प्रस्तुत गर्दै कार्यक्रमलाई ज्ञानमूलक र प्रेरणादायी बनाएका थिए।
यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूको नेतृत्व क्षमता साथै बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण विद्यालय, सहभागी विद्यार्थी, शिक्षक, अभिभावक तथा आयोजकप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

